सं.रा.अमेरिकाको फ्लोरिडा राज्यमा अ.ने.सा.स.फ्लोरिडा च्याप्टरद्वारा विभिन्न शहरहरु ( वेष्ट पामबिच, ओर्ल्यॉण्डो, ट्यॉम्पा, मायमी, ज्यॉक्सनभिल, गेंन्शभिंल लगायतमा ) स्थापित नेपाली भाषा पाठशालाहरु झण्डैं एक दशक देखि नै संचालन हुदैं आईरहेका छन्। कोभिड-१९ को महामारीको कारण गत महिना देखि बन्द रहेका पाठशालाका बालवालिकाहरु आ-आफ्नो बिध्यॉलयहरु समेत बन्द रहि घर भित्रै रहेर बाहिर हिडडुल गर्न नपाईरहेको अवस्थालाई मध्यनजर गर्दै उनिहरुलाई बिज्ञानको नविनतम प्रविधिको माध्यम एकै ठॉऊमा ल्यॉई एक खालको उत्साह प्रदान गर्न र नेपाली भाषा अध्ययन, मनन र अभ्यास गरॉउने उदेश्यले फ्लोरिडा राज्यको नेपाली समुदायको अभिभावक संस्था नाफ ( NAF – Nepalese Association of Florida ) को पहलमा Virtual Nepali Language Pathshala को अनुपम प्रयोग हिजो यहॉ भव्यताका साथ सम्पन्न भएको छ।     

        अनेसास फ्लोरिडा च्यॉप्टरको सामुदायिक र Global Nepalese ICT Consortium को प्राविधिक सहयोगमा आयोजित उक्त भर्चुअल पाठशाला कार्यक्रममा ज्यॉक्सनभिलदेखि मायामीसम्मका बिभिन्न शहरहरुमा संचालित नेपाली भाषा पाठशालाका ७० जना भन्दा बढि बाबु-नानीहरुले आफ्नै घर कोठामा बसि Zoom
Webinar को माध्यम टी.भी./ कम्प्युटरको पर्दामा अति उत्साहका साथ रमाउदैं प्रत्यक्ष श्रव्य-दृश्यको श्रवण एवं अवलोकन गर्दै भाग लिए। यसरी तिन हप्तादेखि घरकोठामा कोचिएर बस्नुपर्दाको संकुचन मानसिकतालाई केहि हदसम्म भए पनि यस भर्चुअल पाठशालाको माध्यम उनिहरुले आफूलाई फराकिलो पार्न सके भन्ने आयोजक समूहको ठम्यॉई रहेकोछ।

       संभवत: बालबालिकारो लागि बिश्व मै पहिलो पल्ट अभ्यास गरिएको यस खाले प्रविधियुक्त आयोजनलाई ब्यवस्थित गर्न नाफका सूचना सचिव नारायण न्यौपानेले यस्बारे प्रारम्भिक जानकारी गरॉउदैं नाफका अध्यक्षा अनिला न्यौपानेको सभापतित्वमा कार्यक्रमको शुभारम्भ गर्नु भएकोथ्यो भने बॉकि गतिविधि अगाडि बढाउन ओर्ल्याण्डो नेपाली पाठशाला संचालन समितिकी संयोजिका गीता न्यौपानेलाई दिनुभएको थियो। अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष निजानन्द मल्लले पाठशालाको गतिविधि, बर्तमान अवस्था र कार्यक्रमको औचित्य बारे संक्षिप्त जानकारी दिदैं सहभागि सबैलाई स्वागत गर्नु भएको थियो।यस कार्यक्रमको प्राविधिक सहयोगदाता ग्लोबल नेप्लिज आई.सी.टी. कन्सोर्टियमका सदस्य सूर्य बानियॉले संस्थाको परिचय र यस्ले भावि दिनमा समुदायलाई पुर्यॉउने सहयोग बारे समेत जानकारी गरॉउनु भयो।

    वेष्ट पामबिच, ओर्ल्यॉण्डो, ट्यॉम्पा, मायामी,गेंन्सभिल र ज्यॉक्सनभिलका बिभिन्न बाल-बालिकाहरुले यो बिचमा आफूले सिकेका, अभ्यास गरेका बिषय बस्तु र प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए। जस मध्ये कसैले राष्ट्रिय गान, गीत, बाल कविता, चित्रकला, बाद्दसंगित, योगा, कराते र नृत्य समेत प्रस्तुत गरेका थिए। ओर्लियाण्डो पाठशालाकी गुरुआमा अमिता पो. देवकोटाले झुठ बोल्ने गोपीको ज्ञानवर्ध्दक कथा रोचक पाराले सुनॉउनु भएकोथ्यो भने वेष्ट पामबिचका गुरु बा-आमा समेतले कार्यक्रम बारे आफ्नो टिप्पणी गर्नु भएको थियो। यस्तो कार्यक्रमलाई अझ उपयोगि एवं प्रभावकारी तुल्यॉउन अनेसासका पूर्व अध्यक्षत्रय बिमल नेपाल, कृष्ण श्रेष्ट र डा. चुडामणी खनालले आ-आफ्नो सुझावहरु प्रस्तुत गर्नुभएको थियो। यस बिचमा न्यौपाने दम्पतिले संयुक्त रुपमा संचालन गर्नुभएको कार्यक्रममा बिभिन्न अभिभावक एवं शिक्षाप्रेमि ब्यक्तित्वहरुले नविन कार्यको प्रसंशा समेत गर्नु भएको थियो।
       पूर्व सूचित तालिकानुसार डे़ढ घण्टा निर्धारण गरिएको समय सिमा नाघेर दुई घण्टा पुगि सक्दा पनि समय अपुग भैरहेको अवस्थामा नै कार्यक्रमको समाप्ति गर्नुपर्ने बाध्यतालाई बिट मार्ने क्रममा नाफका अध्यक्षाले सहभागि सबै बाल-बालिका, गुरुबा-आमा, शिक्षाप्रेमि अभिभावक, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सहयोगि समूहका सम्पूर्ण सदस्यहरुलाई समेत धन्यवाद दिनुहुदैं सर्वथा नव प्रयोग कार्यक्रमको समापन गर्नु भयो।

स्वस्थ रहनोस् ! सूरक्षित रहनोस् !!